सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ ।
चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३ ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

