Harsamaya
अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाए : निश्कल राई
नेपाली कांग्रेसका सचेतक निश्कल राई ।

काठमाडौं - नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाएको टिप्पणी गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमाथि भाग लिदै राईले आर्थिक विधेयकमाथि फेरबदल गर्ना लागि नीति, विधि र प्रक्रिया रहेको भन्दै सदनमा पेश भएको आर्थिक विधेयकमा उल्लेख करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाएको टिप्पणी गरेका हुन् । 

उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? भन्दै प्रश्न गरे । 

उनले संसदको सदनमा पेश भइसकेको विधेयकमाथि आफूखुशी बदल्ने वा सच्याउने काम राजद्रोह सरह रहेकाले छानविन हुनुपर्ने माग गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update