Harsamaya
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने 
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । 

त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको  विभागले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  ०८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update