प्रहरीको हस्तक्षेपप्रति रास्वपाको आपत्ति, बागमती प्रदेश अधिवेशन स्थगित
हेटौँडा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिको अधिवेशन स्थल प्रहरीले खाली गराएपछि नेता तथा कार्यकर्ताले आपत्ति जनाएका छन्।
उनीहरूले शान्तिपूर्ण रूपमा चलिरहेको अधिवेशनमा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका छन्।
नयाँ नेतृत्व चयनको प्रक्रिया टुङ्गोमा नपुग्दै अधिवेशन स्थल खाली गराइएपछि अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
नेतृत्व चयनका विषयमा सहमति जुटाउने प्रयास जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

