Harsamaya
विपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत
विपक्षी दलहरु ।

काठमाडौं - विपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत भएका छन् । 

बुधबार सिंहदरबारमा सत्तापक्षसंगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य गर्न विपक्षी दलहरु सहमत भएका हुन् । प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए । 

लामो समयसम्म सदन अवरुद्ध हुदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइएने उनले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update