Harsamaya
खुश्बुले मागिन् अर्थमन्त्रीको राजीनामा 
राप्रपाका प्रमुख सचेतक खुश्बु ओली ।

काठमाडौं - राप्रपाका प्रमुख सचेतक खुश्बु ओलीले विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा नैतिकताका आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् । 

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गाडी आयातमा कर छली प्रकरणको छानविनका लागि समिति बनेको अवस्थामा छानबिन सम्पन्न नहुँदासम्म आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । 

उनले कर छली प्रकरण र करका दर हेरफेरको बिषय अर्थ मन्त्रालयसंग जोडिएकाले पनि निष्पक्ष र विश्वसनीय छानबिनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरिन् । उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाइ छ । 

त्यस्तै उनले सीमाका विषयमा सदन अवरुद्ध भइरहेको अवस्थामा नेपालले सीमा मिचेको पुष्टि प्रधानमन्त्रीले गर्नुपर्ने वा प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्दै सच्चाउनुपर्ने बताइन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १५:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update