Harsamaya
यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ।

कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा बादल लाग्नेछ र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई  स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । 

यस्तै आज राति कोशी प्रदेश लगायत  बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ।

मधेश प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। 

कोशी प्रदेश लगायत बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update