Harsamaya
घट्यो सुनचाँदीको मूल्य
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले घटेको हो । 

आज सुन प्रतितोला ३ लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ३ लाख ११ हजार १०० कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update