Harsamaya
पहाडी र हिमाली भूभागका मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने, तराईमा गर्मी बढ्ने
जल तथा मौसम पूर्वानूमान महाशाखा ।

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भूभागमा मुख्यतया सफा लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राती देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update