Harsamaya
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तीन लाख ११ हजार ३०० रुपैयाँ कायम छ । सोमबार सुनको मूल्य तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update