Harsamaya
 रवि लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले गरे स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवा ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका छन्।

रास्वपाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका लामिछानेलाई विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए।

रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले भारतका राजनीतिक नेतृत्व, नीति निर्माताहरू तथा अन्य सरोकारवालासँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

लामिछाने नेतृत्वको टोली पाँच दिनपछि नेपाल फर्कने कार्यतालिका रहेको बताइएको छ।

यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक दलहरूबीचको अन्तरक्रिया तथा क्षेत्रीय कूटनीतिक संवादका दृष्टिले महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update