Harsamaya
ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
सभामुख डोलप्रसाद अर्याल ।

काठमाडौं - आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको भन्दै सचेत गराएका छन् ।
उनीहरूलाई भाषा सुधार्न सभामुख अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका हुन् ।

सभामुखले भने, ‘मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय दिइरहेको छु । व्यवस्था गरिरहेको छु । तर मान्य सदस्यहरुले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ । मान्य सदस्यहरुलाई आफ्नो भाषा सुर्धान म ध्यानाकर्षण गराउँछु ।’

आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराए ।

 

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update