Harsamaya
हराएको डेढ महिनाअघि जङ्गलमा शव 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । 

वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उनीहरूको जिम्मा लगाइएको जानकारी दिए । 

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान र शव उठाइ परिवारको जिम्मा लगाएको हो । 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update