Harsamaya
प्रचण्ड अस्पताल भर्ना
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल भर्ना भएका छन् । हल्का निमोनियाको संकेत देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

नेपाल न्यूज बैंकलाई जानकारी दिँदै उनले भने, ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो । आज थप जाँच गर्दा हल्का निमोनिया देखिएपछि आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।’

निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update