Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार चाँदीको मूल्य पनि प्रतितोला १ सय ५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update