Harsamaya
एमाले केन्द्रीय सचिवालय बैठक बस्दै
एमाले केन्द्रीय कार्यालय ।

काठमाडौं - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११:३० बजे बस्ने भएको हो ।

आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ । हिजो शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update