प्रधानमन्त्रीले छिटै सदनमा आएर प्रश्नको जवाफ दिनुहुन्छ - रवि लामिछाने
काठमाडौं - रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन् ।
प्रधानमन्त्री संसदमा आउँदा तपाईलाई दवाव बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दवाव नभएको बताए । उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दवाव भने आफूलाई हुने गरेको उल्लेख गरे ।
सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ २२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

