Harsamaya
वन हेरालुलाई बाघले आक्रमण गर्‍यो 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा आज बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएको जानकारी दिए । 

‘घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ’, उनले भने, ‘वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो ।’

वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update