कैलालीमा नदीमा डुबेर बालकको मृत्यु
कैलाली - कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बम रहेका छन् ।
शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बमको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।
प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पुर्याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ ०७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

