Harsamaya
लालीबजार चलचित्रविरुद्ध माइतीघरमा प्रदर्शन
चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन ।

काठमाडौं - प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

विरोध प्रदर्शनमा सहभागी डा. रोशनी नेपाली वादीले न्यायका लागि अदालत पुगे पनि न्याय नपाएको गुनासो गरिन् ।

उनले भनिन्, ‘न्यायको लागि न्यायालय गएका हामीलाई न्यायालयले गत २३ गते जुन परिणाम दियो, उच्च अदालतले मुद्दा बन्द नहुँदै पेशी तोक्दा–तोक्दै नजिरमा रहेको केसमा अन्तरिम आदेश दिएर फिल्म चलाउने अनुमति दिइसकेपछि हाम्रो न्याय पैसामा बिक्दो रहेछ भन्ने अनुभूति भयो । सदनमा बसेर माफी माग्ने सरकार आए पनि हामीले न्याय पाउन सकेनौँ, त्यसैले हामी सडकमा छौँ ।’

उनले उक्त मुद्दाको आगामी सोमबार पेशी तोकिएको जानकारी दिँदै भनिन्, ‘यो मुद्दा सर्वोच्च अदालतमा छ । छलफलपछि के परिणाम आउँछ, त्यो पछि थाहा हुन्छ । हाम्रो मुद्दा लालीबजार बन्द गर्नका लागि नै हालिएको हो, काटछाँट वा केही दृश्य परिवर्तन गर्ने विषय होइन ।’

निमार्ण टीमले वादी समुलायमा बसेर बनाएको कथा भन्दै प्रचार गरिएकोमा पनि उनले आपति जनाइन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update