राष्ट्रपतिले गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले हिजो (सोमबार) स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो ।
सरकारबाट पुनः सिफारिस गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३ १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

