Harsamaya
बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा छापा
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ।

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले बानियाँमाथि  अनुसन्धान सुरु गरेको हो । कांग्रेसका नेता एवं बागमती प्रदेशका सभापति समेत रहेका बानियाँको काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा-५, पिप्लेस्थित घर–कार्यालयमा एकैपटक विभागले छापा मारेको प्रहरीले पुष्टि गरेको छ ।

बानियाँको हेटौँडा–५ स्थित पिपलेको घरमा विभागका चारजना कर्मचारी र तीनजना प्रहरी पुगेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update