सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३ ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

