सरकारद्वारा थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस
काठमाडौं - सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ। यसअघि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश र सहकारी ऐन सम्बन्धी अध्यादेश जारी गरिसकेको सरकारले पुनः नयाँ अध्यादेशहरू अघि बढाएको हो।
सरकारका अनुसार नयाँ अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगिसकेको स्रोतले पुष्टि गरेको छ। तीमध्ये स्वास्थ्य सेवा सम्बन्धी, केही नेपाल ऐन संशोधन सम्बन्धी र अर्को एक अध्यादेश समावेश रहेका छन्।
विशेषगरी ‘केही नेपाल ऐन संशोधन’ सम्बन्धी अध्यादेशमार्फत करिब १२ वटा ऐनमा संशोधन गर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ।
सरकारले निरन्तर अध्यादेशमार्फत कानुनी व्यवस्था अघि बढाइरहेको सन्दर्भमा यसको औचित्य र प्रक्रियामाथि राजनीतिक तथा संसदीय वृत्तमा बहस भइरहेको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३ १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

