Harsamaya
तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि ३ हजार रुपैयाँले घटेको छ ।

आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ । हिजो सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।

आज चाँदी पनि ३० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update