Harsamaya
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने - जनतालाई धेरै दु:ख नदिनु, जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन
श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ ।

काठमाडौं - श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत साम्पाङले जनतालाई अनावश्यक दुःख नदिन आग्रह गर्दै विकास निर्माणमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका हुन्। उनले जग्गा–जमिन कसैको स्थायी सम्पत्ति नहुने उल्लेख गर्दै अन्ततः सबै मानिस माटोमै विलय हुने बताएका छन्।

‘जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो !’

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update