Harsamaya
सुनचाँदीको मूल्य आज पनि घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीको पाँच हजार १३० मा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update