Harsamaya
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update