गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार तोकेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीना दिएका थिए ।
सोही कारण निजले सम्हाली आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ १९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

