८०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको छ ।
हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

