Harsamaya
सुनचाँदीको मूल्य घट्यो
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update