Harsamaya
सुनचाँदीको मूल्य बढ्यो 
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १०० र चाँदी ३० रुपैयाँका दरले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update