Harsamaya
सार्वजनिक भयो 'राष्ट्रिय प्रतिबद्धतापत्र'को मस्यौदा‚यी हुन् भएका व्यवस्था (पूर्णपाठ)
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- सरकारले शासकीय सुधारका लागि राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ । विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले त्यसमा राजनीतिक दल र सरोकारवालाको सुझाव माग गरेको छ ।​ 

मस्यौदा उपर यही वैशाख १० गते भित्र राय/सुझाव पेश गर्न सम्बन्धित राजनीतिक दलहरूलाई आग्रह गरिएको छ । १८ वटा क्षेत्र समेटिएका बुँदामा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि क्षेत्रको सम्मान र आत्मनिर्भरता, पर्यटन र नागरिक उड्डयन, उर्जा विकास र उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास क्षेत्र रहेका छन् ।

त्यसैगरी रोजगारी र समृद्धि, शिक्षा र स्वास्थ्य, वन वातावरण र जलवायु परिवर्तन, सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाह, विद्युतीय सुशासन र प्रविधिको क्षेत्रमा अवधारणापत्र माग भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update