Harsamaya
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन आइतबार २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा आज ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update