पूर्व गृहमन्त्री रमेश लेखक रिहा
काठमाडौं - पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।
लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।
ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

