सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

