महान्यायाधिवक्तामा डा. नारायण दत्त कँडेल नियुक्त
काठमाडौं - रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम डा. नारायण दत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा कँडेललाई उक्त पदमा नियुक्त गरिएको हो ।
महान्यायाधिवक्ता नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

