Harsamaya
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याइँदैछ ।

केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ ।

शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण सुरु गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए । 

शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार भक्तपुरस्थित केन्द्रको कार्यालय र प्रेस अवलोकनका  गरेका थिए । त्यस क्रममा केन्द्रको उत्पादन र प्रगतिबारे जानकारी गराउँदै नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update