एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले पाएनन् प्रस्तावक
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।
बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।
दलको नेताका लागि दाबी प्रस्तुत गरेका सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
नेम्वाङले नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने भन्दै उम्मेदवारी घोषणा गरेका थिए। तर संसदीय दलभित्र आवश्यक समर्थन जुटाउन नसक्दा उनी एक्लिएका थिए।
प्रतिनिधिसभामा एमालेका हाल २५ जना सांसद रहेका छन्, जसको नेतृत्व अब बादलले गर्नेछन्।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

