एमाले संसदीय दलको बैठक आज बस्दै
काठमाडौं - नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक आज दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार आजको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना छ ।
फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ जना सांसद रहेका छन् । बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

