Harsamaya
संसद् अगाडि सर्वदलीय बैठक 
संघीय संसद् सचिवालय ।

काठमाडौं - संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आव्हान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको  सिफारिसअनुसार यही चैत १९ गते अपरान्ह २ बजे संघीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपरान्ह २ बजे हुँदैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update