Harsamaya
पूर्वमन्त्री खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । काठमाडौं जिल्ला अदालतले आज म्याद थपको अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

म्याद थप गर्नका लागि उनलाई आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो । 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update