ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले प्रहरीलाई दुवैलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएका हुन्।
शनिबार पक्राउ परेका ओली र लेखकलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशसँगै अब उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

