Harsamaya
२४ घण्टा नबित्दै गृहमन्त्री चीन सीमामा पुगेपछि हर्क साम्पाङको प्रश्न -‘सरकार कस्को इशारामा?’
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ।

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङको चीन सीमातर्फको द्रुत भ्रमणप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले २४ घण्टा नपुग्दै गृहमन्त्री चीनको नाकामा पुग्नु र चीनले अघोषित नाकाबन्दी लगाएको जस्तो अवस्था देखिनुप्रति आपत्ति जनाएका हुन्।

उनले सरकारको निर्णय र गतिविधिमाथि शंका व्यक्त गर्दै ‘यो सरकार कस्को इशारामा चल्दैछ?’भन्ने प्रश्न गरेका छन्। साथै उनले लिपुलेक क्षेत्रतर्फ पनि ध्यान दिन आग्रह गर्दै राष्ट्रिय हितका विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

साम्पाङले सीमासम्बन्धी संवेदनशील विषयमा पारदर्शिता र स्पष्ट धारणा आवश्यक रहेको उल्लेख गरेका छन्। पछिल्लो घटनाक्रमसँगै सरकारको विदेश नीति र सीमासम्बन्धी गतिविधिबारे राजनीतिक वृत्तमा चर्चा बढ्न थालेको छ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update