Harsamaya
संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । 

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए । 

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update