कांग्रेस निर्वाचन समिति संयोजकमा प्रेम बहादुर खड्का
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।
पार्टीको आजको केन्द्रीय समिति बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय निर्वाचन समिति संयोजकमा प्रेम बहादुर खड्का चयन भएका छन् ।
खड्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । वरिष्ठ अधिवक्त समेत रहेका खड्काले उनले यसअघी नेपाल बार एसोसीएसन अध्यक्ष भएर भुमिका निर्वाह गरिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२ १८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

