Harsamaya
कांग्रेसको महाधिवेशन कार्यतालिका सर्यो : असोज १७ देखि १९ मा केन्द्रीय महाधिवेशन 
काँग्रेसको केन्द्रीय समिति बैठक ।

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशन कार्यतालिका संशोधन गरेको छ । 

पार्टीको आजको केन्द्रीय समिति बैठकले भदौं २ बाट वडा अधिवशेन सुरु गर्ने निर्णय गरेको हो । हिजोको बैठकमा साउन ६ गतेबाट वडा अधिवेशन सुरु गर्ने गरी कार्यतलिका प्रस्तुत भएको थियो । उक्त कार्यतालिका संसोधन भएको छ । 

यस्तै गाउँ नगर अधिवेशन भदौं ७ गतेलाई सारिएको छ । प्रस्तावित कार्यतालिका साउन १२ मा तोकिएको थियो । कांग्रेसले साउन २३ मा प्रस्ताव गरेको प्रदेश सभा क्षेत्रीय अधिवेनलाई संसोधन गर्दै भाद्र १७ गते गर्ने निर्णय गरेको छ । 

यस्तै साउन ३० मा प्रस्ताव गरिएको क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन भएको जिल्लाको जिल्ला अधिवेशन भाद्र २४ गते गर्ने निर्णय भएको छ । यसबाहेक भदौं ६ र ७ गते गर्ने भनिएको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन अब असोज २ र ३ गतेलाई सारिएको छ । 

केन्द्रीय समिति बैठकले भदौं १५ र १६ मा गर्ने प्रस्ताव गरेको सातै प्रदेशको अधिवेशनलाई असोज ७ र ८ गते गर्ने निर्णय गरेको छ । भदौं २४ देखि २६ सम्म हुने प्रस्ताव गरेको केन्द्रीय महाधिवेशन भने असोज १६ १७ १८ र १९ गते काठमाडौं गर्ने निर्णय कांग्रेसले गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update