Harsamaya
प्रधानमन्त्री बालेन शाह वैदिक–बौद्ध परम्परा अनुसार शपथ लिने
बालेन शाह ।

काठमाडौं - बालेन शाहले चैत १३ गते दिउँसो १२:३४ बजे प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन्। शपथ समारोहमा वैदिक तथा सनातन परम्परासँगै बौद्ध संस्कृतिको समेत समावेश गरिने भएको छ।

कार्यक्रमअनुसार १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिनेछ भने १०८ जना बौद्ध भिक्षु तथा लामाद्वारा शुभ–मंगल पाठ गरिनेछ। साथै ७ वटा शंखबाट शंखनाद गरी शपथ समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाइने तयारी गरिएको छ।

शपथ ग्रहणपछि प्रधानमन्त्री शाह दिउँसो २:१५ बजेपछि सिंहदरबार जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update