Harsamaya
अमेरिकी विशेष दूतको रास्वपा सभापति लामिछानेलाई टेलिफोन
रास्वपाका सभापति रवि लामिछाने ।

काठमाडौं - संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । 

विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गरेका छन् । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update