Harsamaya
गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको सर्वसम्मत निर्णय
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा पेश गरेका थिए ।
 
तर बैठकले उक्त राजीनामामाथि छलफल गर्दै वर्तमान परिस्थितिमा उनकै नेतृत्व आवश्यक रहेको ठहर गरी राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। 

निर्वाचनको नतिजाको जिम्मेवारी सामूहिक हुने र सभापतिले मात्र पद छाड्न नहुने भन्दै बैठकले उनलाई नै पार्टीको नेतृत्व निरन्तरता दिन आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update